site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुब्बाको ‘साहित्यमा उत्तर–चेतको खोजी’को लोकार्पित

काठमाडौं । असमी तथा नेपाली भाषाका असम, तेजपुर निवासी साहित्यकार छत्रमान सुब्बाको समालोचकीय कृति ‘साहित्यमा उत्तर–चेतको खोजी’ सार्वजनिक गरिएको छ । सोमबार (चैत १८) काठमाडौंमा आयोजित एक कार्यक्रममा विभिन्न सर्जकले संयुक्त रूपमा उक्त कृति लोकार्पण गरे ।

कार्यक्रममा सर्जक डा. तुलसी भट्टराईले साहित्यकार सुब्बाले यो पुस्तक पाठकसामु ल्याएर नेपाल र भारतको असमबीचको सम्बन्ध सेतुलाई अझै बलियो बनाएको बताए ।

लोकार्पणपछि पुस्तक विमर्श चरणमा साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराईले सन् २०२३ मा साहित्य अकादमी अनुवाद पुरस्कार प्राप्त गरिसकेका सुब्बामा नयाँ चेतना बुझ्ने र तिनलाई खोज्ने तिर्खाले यो पुस्तक जन्माएको टिप्पणी गरे ।

प्रा. डा. कुमारप्रसाद कोइरालाले असमी साहित्यकार सुब्बाको यो कृति सिर्जनात्मक समालोचना भएको उल्लेख गरे ।

पुस्तकमाथि साहित्यकारहरू अनिता कोइराला, अनिता पन्थी, शान्ति रिसाल, नारायणप्रसाद शर्माले पाठकीय टिप्पणी राखे ।

साहित्यकार सुब्बाले आफूले नयाँ बाटो पाएको बताए । साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले अक्षरहरूले दुई देशको सम्बन्धलाई कसरी जोडेको छ भन्ने यो पुस्तकले देखाएको टिप्पणी गरे ।

प्रा. डा. अञ्जना वस्ती भट्टराईले असममा बसेर पनि नेपाली भाषामा किताब लेख्नु आफैँमा उल्लेखनीय कार्य भएको बताइन् ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १४:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro