site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रतिनिधिसभा बैठक बस्दै, ओलीले सम्बोधन गर्लान् ?
फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

आइतबार विपक्षी दलहरूले अडान नछाडेपछि सोमबार (आज) बिहान ११ बजे बस्ने गरी बैठक स्थगित भएको थियो । 

आइतबार बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच भनाभन भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरेर अपराह्न ४ बजेका लागि बोलाइएको थियो ।

तर, विपक्षीले अडान नछाडेपछि बैठक सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तय भएको सत्तापक्षका नेताहरूले बताएका छन् ।

विपक्षी दलहरूले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्री ओलीले जवाफ नदिनएसम्म बैठक चल्न नदिने अडान लिएका छन् ।

तीन कुने घटनाका विषयमा पनि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरिएको छ । 

आजको बैठकको सम्भावित कार्यसूचीमा भने प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उल्लेख गरिएको छैन । 

आजको बैठकको सम्भावित कार्यसूची :–


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  ०६:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro