site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवीन्द्र र धवलशमशेरलाई अन्य थुनुवासरह नै दिइन्छ भेटघाटको समय, छैन विशेष सुविधा
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताद्वय रवीन्द्र मिश्र, सांसद धवलशमशेर राणासहित पक्राउ परेका ४१ जनालाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदालत पेस गरेको छ ।

उनीहरूमाथि प्रहरीले संगठित अपराध, राज्यविरुद्धको कसुर र आपराधिक उपद्रको अरोपमा अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै म्याद थपका लागि अदालत पेस गरेको हो ।

शुक्रबार राजसंस्था पुनर्स्थापना र हिन्दु राज्यसहितका माग गर्दै अराजक प्रदर्शन मच्चाउँदा दुईजनाको ज्यान गएको थियो । पत्रकार सुरेश रजक र सविन महर्जनको ज्यान गएको थियो ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा खटिएको प्रदर्शनकारीले दर्जनौँ घर र गाडी समेत तोडफोड गरेका थिए । सोही आरोपमा मिश्र, सांसद धवलशमशेर लगायत १११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये ४१ जनालाई आइतबार म्याद थपका लागि जिल्ला अदालत पेस गरेको हो । मिश्र र राणा शुक्रबार राति नै पक्राउ परेका थिए । प्रदर्शनका कमाण्डर प्रसाईं भने अझै फरार छन् ।

मिश्रलाई हतगडी लगाएरै अदालत पेस
जिल्ला प्रहरी परिसर काठमाडौैंले राप्रपाका वरिष्ठ उपाध्यक्ष समेत रहेका नेता मिश्रलाई हतगडी नै लगाएर अदालत पेस गरेको छ । उनलाई अन्य थुनुवाले प्रयोग गर्ने ज्याकेट समेत लगाइदिएको छ । सांसद राणालाई भने हतगडी र ज्याकेट समेत लगाइएको छैन । प्रहरीले अदालत पेस गर्दा भने यी दुवैले हात हल्लाउँदै जिल्ला सरकारी वलिक कार्यालय र अदालत प्रवेश गरेका छन् ।

उनीहरूलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिने वा नदिने भन्नेबारे जिल्ला अदालत काठमाडौंमा बहस जारी छ । अदालतले अनुमति दिए संगठित अपराध मुद्दामा प्रहरीले ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउने छ ।

प्रहरीले शुक्रबार नै पक्राउ गरेका राणा र मिश्र दुवैलाई परिसरमा राखिएका अन्य थुनुवासँगै राखेको छ । खाना समेत उनीहरूले अन्य थुनुवासँगै खाने गरेका छन् । भेट्न आउने नेता कार्यकर्ताहरूलाई पनि अन्य थुनुवासरह नै भेटघाटको समय मिलाइएको छ ।
उनीहरूको लागि भनेर छुट्टै कुनै पनि विशेष सुविधा दिइएको छैन ।  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १८:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro