site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजावादीविरुद्ध देशव्यापी प्रदर्शनमा उत्रँदै एकीकृत समाजवादी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले राजावादीको प्रदर्शनक्रममा गरिएको आगजनी, तोडफोडलगायत घटनाको निन्दा गरेको छ । यही चैत २५ गतेभित्र पार्टीले देशभर भन्डाफोर र प्रदर्शन गर्ने निर्णय गरिएको छ ।

शनिबार (चैत १६) पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटी बैठकबाट राजावादीको अराजकताविरुद्ध देशव्यापी भन्डाफोर कार्यक्रम गर्ने निर्णय गरिएको हो । आइतबार (चैत १७) आयोजित पत्रकार सम्मेलनमा पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रकाश ज्वालाले प्रदर्शनका नाममा हत्या, हिंसा, आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूलाई तत्काल कडा कानुनी कारबाही माग गर्ने निर्णय गरिएको जानकारी गराए ।

शुक्रबार (चैत १५) काठमाडौंको तीनकुनेमा आयोजित प्रदर्शनमा उचित ढंगले सुरक्षाकर्मी परिचालन गरेर शान्ति सुरक्षा कायम गर्न नसक्नु सरकारको असक्षमता र कमजोरी भएको एकीकृत समाजवादीको ठहर छ । उनले प्रदर्शनक्रममा मृत्यु भएकाको परिवारलाई उचित क्षतिपूर्ति दिन समेत माग गरे ।

सञ्चारगृहमाथि आक्रमण गरेर प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दुष्प्रयास गरिएको भन्दै उनले उक्त आक्रमणप्रति पार्टीले निन्दा व्यक्त गरेको बताए । “हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी)को काठमाडौं, आलोकनगरस्थित केन्द्रीय कार्यालय र काठमाडौं जिल्ला कार्यालय तथा पार्टी अध्यक्ष कमरेड माधवकुमार नेपालको निवासलगायत स्थानमा भएको ढुंगामुढा, तोडफोड र आगजनीविरुद्ध यही चैत्र २५ गतेभित्र सबै प्रदेश, जिल्ला, स्थानीय कमिटी र जनसंगठनहरूले सम्बन्धित तहमा देशैव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरिएको छ,” उनले भने ।

सरकारले उचित सुरक्षा व्यवस्था गर्न नसकेका कारण भौतिक क्षति भएको पार्टीको ठहर छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १५:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro