देश

काठमाडौं । मकवानपुरको हेटौँडामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मकवानपुर–१९ मा पर्ने ज्यामिरे स्वास्थ्यचौकीनजिकै शनिबार उक्त दुर्घटना भएको हो ।
ज्यामिरे खोलाबाट ज्यामिरे स्वास्थ्यचौकीतर्फ जाँदै गरेको बा.प्र.२–०३–००१ त ४३७१ नंको बालुवा लोड गरेको ट्याक्टर आफैँ अनियन्त्रित भई अचानक दुर्घटना भएको थियो । उक्त ट्याक्टरले च्यापिएर ट्याक्टर चालक १९ वर्षीय सब्दान हुसेनको घटनास्थलमा नै मृत्य भएको हो ।
मुचुल्कापश्चात् अहिले मृतकको शव पोस्टमार्टमका निम्ति हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१ १२:३५
प्रतिक्रिया दिनुहोस्