site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्याक्सी चढेर भाग्दै थिए दुर्गा प्रसाईंका गुरु पुस्कर खतिवडा
फाइल तस्बिर ।

काठमाडौं । प्रहरीले शनिबार (चैत १६) पक्राउ गरेका दुर्गा प्रसाईंका गुरु पुस्कर खतिवडा घरबाट भाग्न ट्याक्सी ‘बुक’ गरेर हिँडेको खुलेको छ । जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले खतिवडाले ट्याक्सी बुक गरेर घरबाट निस्केलगत्तै पिछा गरेर इमाडोलस्थित शीतल हाइटको ओरालोबाट नियन्त्रणमा लिएको हो ।

खतिवडा पक्राउ गर्न पुगेको प्रहरीको टोलीलाई छक्याउन उनले घरबाट सुरुमा मोटरसाइकल प्रयोग गरेका थिए । बीचबाटोबाट उनी ट्याक्सी बुक गरेर भाग्न खोजेका थिए ।

फरार दुर्गा प्रसाईं समेत शनिबार बिहान खतिवडाको घर इमाडोल पुगेको खुलेको छ । उनी घरबाट फलफूल खाएर निस्केको एक प्रहरी अधिकारीले बाह्रखरीसित बताए ।

प्रहरीले शुक्रबार रातिदेखि प्रसाईंको खोजी तीव्र पारेको छ । तर, अझै उनी पक्राउ परेका छैनन् ।

प्रहरीले शुक्रबारै राति राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरा, स्वागत नेपाललगायत व्यक्तिलाई पक्राउ गरेको छ । राजावादीको प्रदर्शनका क्रममा अराजक गतिविधि गरेको आरोपमा दर्जनौँ व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १४:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro