site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नियमित सञ्चालनमा आयो कोटेश्वर भाटभटेनी, क्षतिको विवरण संकलन गरिँदै 
Tiktok banner adTiktok banner ad

काठमाडौैं । हिजो राजावादी समूहले निकालेको जुलुसका क्रममा तोडफोड गरिएको कोटेश्वरस्थित भाटभटेनी नियमित सञ्चालनमा आएको छ ।

सीओओ पानु पौडेलले दिएको जानकारीअनुसार रातभर सरसफाइ गरी बिहानदेखि सञ्चालनमा आएको हो ।

“हामीले राति १२ बजेसम्म सरसफाइ गर्‍यौँ, फुटेका सिसा सफा गर्‍यौँ,” उनले भने, “आज बिहानैदेखि सञ्चालनमा आएको छ । ग्राहकलाई असर नपुगोस् भनेर ध्यान दिएर सरसफाइ गरिएको हो ।”

राजवादी समूह एक्कासि भवनभित्र प्रवेश गरेर मोबाइल, घडी, बियर, महंगा ब्रान्डका रक्सी, कपडा, फलफुल, जुसलगायतका सयौँ वस्तु लुटपाट गरेको छ ।

साथै भवनमाथि इँटा र ढुंगा प्रहार गरेर क्षति पुर्‍याएको छ ।

क्षतिको मूल्यांकन र फुटेका सिसा केही दिनभित्रै पुनःनिर्माण गरिने जानकारी गराउँदै कोटेश्वरस्थित भाटभटेनी रातभरको सरसफाइपछि बिहानदेखि नियमित सञ्चालनमा आएको पौडेलले जानकारी  दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  ०८:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro