site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवीन्द्र र धवलशमशेरविरुद्ध मुद्दा चलाउँदै प्रहरी 

काठमाडौं । राप्रपाका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर जबराविरद्ध मुद्दा चलाइने भएको छ । काठमाडौंको तीनकुनेमा उपस्थित भएर हिंसात्मक आन्दोलन गरेको आरोपमा पक्राउ परेका मिश्र र जबराविरुद्ध मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ । 

प्रहरी उच्च स्रोतका अनुसार यसका लागि आन्तरिक गृहकार्य सुरु भइसकेको छ । 

राजावादी आन्दोदनका कमान्डर दुर्गा प्रसाईं भने फरार छन् । उनलाई पक्राउ गर्न र जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोली खटिएको छ । 

आज प्रदर्शनमा उत्रिए सुरुमै दमन गर्ने प्रहरी रणनीति छ । राजवादीको प्रदर्शन शुक्रबार हिंसात्मक हुँदा दुईजनाको मृत्यु भएको थियो । 

ठूलो संख्यामा प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए । ठूलो परिमाणमा सरकारी तथा निजी भौतिक संरचनामा क्षति पुगेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  ०७:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro