site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिरहा घटना : प्रहरीले सरकारी वकिललाई बुझायो प्रतिवेदन
दीपक मल्लिकको घर भत्काइएको स्थान ।

सिरहा । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझाएको छ । जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी मुद्दाको ६ दिनमै अनुसन्धान सकाएर प्रहरीले बिहीबार (चैत १४) प्रतिवेदन सरकारी वकिललाई बुझाएको हो ।

अनुसन्धान प्रतिवेदन प्राप्त भएको र त्यसको अध्ययन गर्ने काम भइरहेको जिल्ला न्यायाधिवक्ता राजेन्द्र बस्नेतले जानकारी दिए । अध्ययनपछि उक्त प्रतिवेदन अदालतमा अभियोगपत्रका रूपमा दायर गरिने उनले बताए ।

औरहीका दलित समुदायका दीपक मल्लिकको घर भत्काइएको घटनामा यही चैत ९ गते साँझ गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ परेका थिए । त्यसपछि चैत १० गते प्रहरीले उनीहरूसँगै बजरंगी बाबाविरुद्ध पीडितसँग जाहेरी लिएको थियो ।

यही चैत १७ देखि आयोजना हुने भनिएको महायज्ञका नाममा गएको फागुन १० गते अछूत भन्दै महायज्ञस्थलमा रहेको दीपक मल्लिकको घर भत्काइएको थियो । गाउँपालिकाका अध्यक्ष, पूर्ववडाध्यक्ष र बजरंगी बाबाले डोजर लगाएर भत्काइदिएको भनेर घटना सार्वजनिक भएको थियो ।

यसअघि, घटनाबारे संवेदनशील नभएको भन्दै गृह मन्त्रालयले सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई मन्त्रालय र जिल्ला प्रहरी प्रमुख एवं मप्रहरी उपरीक्षक रमेश पण्डितलाई प्रहरी प्रधान कार्यालयमा तानेको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  ०९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro