site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्राधिकरणका निर्देशकहरूको जिम्मेवारी हेरफेर तथा पदस्थापन

काठमाडौं । नेपाल बिमा प्राधिकरणले निर्देशकहरूको जिम्मेवारी हेरफेर तथा नवनियुक्त निर्देशकहरूको पदस्थापन गरेको छ । प्राधिकरणले बिहीबारदेखि लागू हुने गरी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेको हो ।  

प्राधिकरणका अध्यक्ष शरद ओझाले ६ जना निर्देशकलाई विभिन्न महाशाखाको जिम्मेवारी दिएका हुन् । जसअनुसार निर्देशक कमलप्रसाद रेग्मीलाई कानुन महाशाखा र निर्देशक पूजन ढुंगेल (अधिकारी)लाई अनुसन्धान महाशाखाको जिम्मेवारी दिइएको छ ।

यसैगरी, हालै निर्देशकमा बढुवा भएका निर्देशक शाम्बराज लामिछानेलाई नियमन महाशाखा, निर्देशक धुव तिमिल्सिनालाई सुपरीवेक्षण महाशाखको जिम्मेवारी दिइएको छ ।  

निर्देशक निर्मल अधिकारीलाई बिमालेख महाशाखा र निर्देशक कुन्दन सापकोटालाई व्यवस्थापन महाशाखाको जिम्मेवार सम्हाल्ने गरी पदस्थापन गरिएको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  २२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro