site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वस्तिमालाई प्रकाशले किन सुरुमा ‘वसन्त’को स्क्रिप्ट दिएनन् ? 

काठमाडौं । चलचित्र ‘वसन्त’का लागि गरेको अफर अभिनेत्री स्वस्तिमा खड्काले सुरुमै स्वीकार नगरेको बताइएको छ । 

स्क्रिप्ट नहेरेसम्म चलचित्र खेल्ने/नखेल्ने निर्णय नगर्ने स्वस्तिमा आफैँले बताएकी छन् । काठमाडौंमा बिहीबार भएको पत्रकार सम्मेलनमा स्वस्तिमाले प्रकाश सपूतले आफूलाई पटकपटक प्रमाणित गरिसके पनि उनको आत्मविश्वास भने केही कमजोर रहेको बताइन् । 

“सकेसम्म कलाकारलाई स्क्रिप्ट दिन खोज्नुहुन्न । चलचित्रमात्रै होइन गीतको स्टोरी के हो भन्दा पनि भन्न खोज्नुहुन्न,” स्वस्तिमाले भनिन्, “मैले वसन्तको स्क्रिप्ट माग्दा पनि दिनुपर्छ र भनिरहनु भएको थियो ।” 

स्टोरी टेलरका रूपमा आफूलाई प्रकाशले दर्शकसामु पटकपटक प्रमाणित गरिसकेकाले शंका नगरे पनि ‘हेल्दी डिस्कस’का लागि आफूले सुरुमा स्क्रिप्ट मागेको उनले बताइन् । 

चलचित्र राम्रो बनाउन ‘हेल्दी डिस्कस’ आवश्यक रहेको उनले बताइन् । 

आफ्नो विचार र आइडियामा अरुले हस्तक्षेप गर्छ भन्ने डर आफूमा रहेको प्रकाशले स्वीकार गरे । “म जे कुरा जसरी भन्न खोजिरहेको छु, मलाई त्यो त्यसैगरी भन्नुछ,” प्रकाश भन्छन्, “अरुको कुरा सुनेपछि मैले भन्न चाहेको जसरी भन्न पाइन्न कि भनेर सुरुमै अरुलाई नसुनाउँ कि भन्ने लाग्छ ।” 

स्वस्तिमाको हकमा पनि त्यही भएको उनले बताए । यद्यपि, स्वस्तिमासँगको छलफलले राम्रो भएको प्रकाश बताउँछन् । 

स्वस्तिमा अभिनेत्री मात्रै नभएर मेकर पनि भएको प्रकाश बताउँछन् । “स्वस्तिमाजी अभिनेत्रीमात्रै होइन, उहाँ मेकिङमा पनि रुचि भएको व्यक्ति हो,” प्रकाशले भने, “कथालाई कसरी सिनेम्याटिक बनाउने, सिनेमालाई कसरी दर्शकले चाहेको जस्तो बनाउने भन्ने कुरामा उहाँ सोच्नुहुन्छ ।” 

आफू भने बजार कस्तो छ, त्यसलाई हेरेर कहिल्यै सिर्जना नगर्ने बताउँछन् । आफैँले बजार बनाउनुपर्छ भन्ने विश्वास राख्ने व्यक्ति भएको प्रकाशले बताए । 

स्वस्तिमा भने बजार अध्ययन गरेर, दर्शकको रुचि हेरेर चलचित्र बनाउनु पनि गलत नभएको धारणा राख्छिन् । 

चलचित्र ‘वसन्त’ले २०६२/०६३ ताकाको गाउँको कथा भन्ने प्रकाशले बताए । ‘वसन्त’को लेखक, निर्देशक र मुख्य कलाकारसमेत रहेका प्रकाशले आफूले पुरानो कथा लिएर आएको भन्नेमा सत्यता नरहेको बताए । 

“मुनामदनको कथा कहिल्यै पुरानो हुँदैन । किन भने त्यो बेला रोजगारीका लागि भोट गइन्थ्यो, अहिले अरब जाने चलन छ,” प्रकाश भन्छन्, “२०६२/०६३ देखि अहिलेसम्मको कथा हामीले भन्ने प्रयास गरेका छौँ ।” 

नयाँ पुस्ताले पनि पहिलाको कथा ‘वसन्त’मार्फत अनुभूत गर्ने उनको भनाइ छ । ‘वसन्त’ले ७५ प्रतिशत कथा वास्तविकतामा आधारित रहेर भनेको उनले बताए । धेरै कथा आफूसँग नजिक रहेको उनले प्रष्ट पारे । ०६० देखि ०८० को दशकको कथा देखाउँदा ‘वसन्त’लाई धेरैले आफूसँग जोडिएको अनुभूत गर्ने उनले बताए । 

स्वस्तिमा खड्काले ‘वसन्त’मार्फत आफूले नदेखेको र नभोगेको समाज देख्न पाएको बताइन् । “यो सिनेमामार्फत मैले नदेखेको र नभोगेको तथा म रहेको भन्दा फरक भूगोलको समाज अनुभूत गर्न पाएँ,” स्वस्तिमा भन्छिन्, “आफूले भोगेको पुस्ताका लागि वसन्त हेर्दा नोस्टाल्जिया हुन्छ । त्यसपछिको पुस्ताका लागि त्यो पुस्ताको भोगाइ र समाज थाहा हुन्छ ।” 

चैत २२ गते प्रदर्शनमा आउने ‘वसन्त’मा प्रकाश र स्वस्तिमा मुख्य भूमिकामा छन् । 

सिनेमाले कसैको वकालत र कसैको विरोध नगर्ने भन्दै बीचमा बसेर समाजको यथार्थ कथा भनेको प्रकाशले स्पष्ट पारे । भलै समाजमा रहेका जातीय र लैंगिक विभेद तथा व्यवस्थाले जनाएको प्रतिबद्धतामा प्रश्न भने गरेको प्रकाशले जानकारी दिए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १६:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro