site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टिकटकबारे डोनाल्ड ट्रम्पले चीनसमक्ष राखे नयाँ प्रस्ताव

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छोटो भिडियो सेयरिङ एप टिकटक बेच्न चीनलाई नयाँ प्रस्ताव गरेका छन् । उनले टिकटक बेच्ने सम्झौता सुनिश्चित गर्न चीनमा लगाइएको कर घटाउन सक्ने बताएका छन् ।

टिकटक चिनियाँ कम्पनी बाइटेन्सको स्वामित्वमा छ । ट्रम्पले टिकटकका लागि गैरचिनियाँ खरिददार खोज्न अप्रिल ५ को समयसीमा बढाउन इच्छुक रहेको पनि बताएका छन् ।

यसअघि, जो बाइडेन प्रशासनले टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन पारित गरेको थियो । तर, जनवरीमा सत्तामा आएपछि ट्रम्पले कानुन लागु गर्न ढिलाइ गरेका थिए ।

अमेरिकामा टिकटकमा प्रतिबन्ध लगाउने कानुन २०२४ मा बनाइएको थियो । टिकटकले अमेरिकाको राष्ट्रिय सुरक्षामा असर गर्ने अमेरिकाको निष्कर्ष छ ।

“टिकटकको विषय टुंग्याउन चीनले भूमिका खेल्नुपर्छ । मलाई लाग्छ, उनीहरूले भूमिका खेल्नेछन्,” ट्रम्पले बुधबार पत्रकारहरूलाई भने, “यसका लागि म कर थोरै कटौती गर्न सक्छु ।”

यस विषयमा सम्झौताको रूपरेखा अप्रिल ५ को समयसीमाभित्र तयार हुने विश्वास ट्रम्पको छ ।

बीबीसीबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro