site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘जन्ते बाख्रो’को फर्स्टलुक सार्वजनिक, प्रदर्शन मिति तय 

काठमाडौं । ‘जन्ते बाख्रो’को फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ ।

अभिनेता सौगात मल्ल, आसिफ शाह र अभिनेत्री गरिमा शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘जन्ते बाख्रो’को फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । 

चलचित्र आगामी जेठ २३ गतेबाट प्रदर्शनमा आउनेछ । हिमालको काखमा सेटअप गरिएको पोस्टरमा आशिफ र गरिमालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । 

सौगातले निराश भावमा उनीहरुलाई हेरिरहेका छन् । उनीहरूको बीचमा चस्मा लगाएको बाख्रो छ । 

सिमोस सुनुवारको निर्देशन रहेको चलचित्रमा  सौगात, आशिफ र गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरलगायत कलाकारको अभिनय रहेको छ । 

प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद लेखन रहेको सिनेमाको निर्माता सन्तोष गौतम हुन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १०:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro