site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोलकाताको पहिलो जित
Tiktok banner adTiktok banner ad

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)–२०२५ मा साविक विजेता कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सविरुद्ध आठ विकेटको सहज जित निकालेको छ । 

बुधबार गुवाहिटीमा सम्पन्न खेलमा राजस्थानले प्रस्तुत गरेको १५२ रनको मध्यम लक्ष्य कोलकाताले १७.३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । 

कोलकाताको जितमा ओपनर क्विन्टन डी ककले अविजित ९७ रन बनाए । उनले ६१ बलमा आठ चौका र ६ छक्का प्रहार गरे । अंगक्रिस रघुवंशीले २२ रन थप्दा कप्तान अजिन्क्या राहाणेले १८ रन जोडे । 

राजस्थानका वनिन्दु हसरंगाले एक विकेट हात पारे ।

त्यसअघि, टस हारेर ब्याटिङमा आएको राजस्थानले निर्धारित २० ओभर ब्याटिङ गरे पनि नौ विकेट गुमाएर १५१ रनको योगफल खडा गरेको थियो । 

राजस्थानका धुव्र जुरेलले ३३ रन बनाए । यशस्वी जयसवालले २९ रन जोड्दा कप्तान रियान परागले २५, जोफ्रा आर्चरले १६ र सञ्जु सामसनले १३ रन बनाए । 

कोलकाताका वैभव अरोरा, हर्षित राना, मोइन अली र वरुण चक्रवर्तीले समान दुई विकेट लिए । स्पेन्सर जोन्सनले एक विकेट हात पारे ।

प्रतियोगितामा कोलकाताको यो पहिलो जित हो । यसअघि प्रतियोगिताको पहिलो खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध सात विकेटको हार व्यहोरेको थियो ।

यता, राजस्थानको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा सनराइजर्स हैदराबादविरुद्ध ४४ रनले पराजित भएको राजस्थान अंकविहीन हुँदै पुछारमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  ०८:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro