site stats
बाह्रखरी :: Baahrakhari
देश
बूढीगण्डकीमा डुबेर एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

गोरखा । एसइई परीक्षा दिइरहेका एक विद्यार्थीको बूढीगण्डकी नदीमा डुबेर मृत्यु भएको छ । आरुघाट गाउँपालिका–१ का १६ वर्षीय युनिष गुरुङको बूढीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

“आरुघाट–४, थुमी एसइई दिन आएका उनी बुधबार साँझ पौडी खेल्न बूढीगण्डकीमा गएका थिए,” जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले भने, “हामीलाई खबर आएपछि इलाका प्रहरी कार्यालय आरुघाट र आर्खेत प्रहरी चौकीबाट खटिएको टोलीले खोजतलास गर्दा शव फेला पारेको हो ।”

Argakhachi Cement Island Ad

खोजीका क्रममा बगाएको स्थानबाट करिब एक किलोमिटर तल गुरुङ मृत अवस्थामा फेला परेका उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

 

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  २३:१५
प्रतिक्रिया दिनुहोस्