site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात व्यवसायी संघबीच बिमा सम्झौता

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सेती महाकाली ट्रक यातायात व्यवसायी संघबीच बिमा सेवासम्बन्धी एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रअनुसार सेती महाकाली ट्रक यातायात व्यवसायी संघमा रहेका ट्रकहरूको मोटर बिमा सलिको इन्स्योरेन्सले गर्ने भएको हो ।

उक्त सम्झौतापत्रमा सलिको इन्स्योरेन्सको तर्फबाट नायव महाप्रबन्धक कविराज पौडेल तथा सेती महाकाली ट्रक यातायात व्यवसायी संघको तर्फबाट अध्यक्ष मोहनसिंह साउदले हस्ताक्षर गरेका छन् । सम्झौतापत्र आदानप्रदान कार्यक्रममा सलिको इन्स्योरेन्सको तर्फबाट प्रदेश प्रमुख धर्मराज बडू, शाखा प्रमुख हेमन्त लामिछानेलगायत र सेती महाकाली ट्रक यातायात व्यवसायी संघका तर्फबाट पदाधिकारी तथा यातायात व्यवसायीको उपस्थिति थियो ।

सेती महाकाली ट्रक यातायात व्यवसायी संघमा आबद्ध सवारीसाधनकोे व्यापक सवारी साधन बिमा सलिको इन्स्योरेन्सबाट हुने र उक्त सवारीसाधनअन्तर्गत भविष्यमा कुनै दाबी परेमा बिमा कम्पनीले दाबी भुक्तानी प्रक्रियालाई थप सरल, सहज तथा शीघ्र भुक्तानी गर्ने समेत जनाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १९:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro