site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘अञ्जिला’ले १२ दिनमा कति गर्‍यो कलेक्सन ?

काठमाडौं । चलचित्र ‘अञ्जिला’ले पौने सात करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । 

फागुन २९ गते रिलिज भएको चलचित्रले चैत १२ गतेसम्म नेपालबाट करिब पौने सात करोड रुपैयाँ ग्रसकलेक्सन गरेको निर्देशक मिलन चाम्सले जानकारी दिए ।

“सिंगल थिएटर र मल्टिप्लेक्सबाट हालसम्म पौने सात करोड रुपैयाँ कलेक्सन भइसकेको छ,” निर्देशक चाम्सले भने, “नेपाल बाहिरबाट दुई करोड रुपैयाँ उठिसकेको छ ।” 

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित रहेको बनेको नेपाली चलचित्र ‘अञ्जिला’मा एन्जिला स्वयं मुख्य भूमिकामा छिन् । 

मिलन चाम्सले निर्देशन गरेको चलचित्रमा एन्जिलासँगै माओत्से गुरुङ, दयाहाङ राई, सिर्जना सुब्बा, सुमिन गुरुङ, सुनील थापा, बुद्धि तामाङ, विजय बराल, मञ्जु श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १४:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro