site stats
बाह्रखरी :: Baahrakhari
कला
आनीको गीत ‘फूलको आँखामा...’ अब हिन्दीमा रेकर्ड हुँदै

काठमाडौं । गायिका आनी छोइङ डोल्माको लोकप्रिय गीत ‘फूलको आँखामा...’ अब हिन्दीमा पनि रेकर्ड हुने भएको छ । हिन्दी भाषामा अनुवाद गरेर यो गीत रेकर्ड गर्न लागिएको हो । 

भारतीय गीतकार गुलजारले यो गीत अनुवादसमेत गरिसकेका छन् । दुर्गालाल श्रेष्ठले लेखेको गीत गुलजारले हिन्दीमा अनुवाद गरेका हुन् । 

हिन्दीमा पनि आनी स्वयंले यो गीत गाउने छिन् । संगीत र संगीत संयोजन अहिलेकै प्रयोग गर्ने अथवा नयाँ गर्ने भन्ने विषयमा छलफल भइरहेको आनीले बताइन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“गीत कहिले रेकर्ड गरेर सार्वजनिक गर्ने भन्ने विषयमा पनि छलफल भइरहेको छ,” आनी बाह्रखरीसँग भन्छिन्, “मैले नै गाउने भनेर निश्चित भए पनि कम्पोज र एरेन्ज नयाँ गर्ने अथाव अहिलेकोलाई नै प्रयोग गर्ने भन्ने निर्णय भइसकेको छैन ।” 

धेरैले अहिलेकै कम्पोज र संगीत संयोजन प्रयोग गर्न सुझाव दिएको उनले जानकारी दिइन् । 

नेपाली भाषामा गाइएको गीतमा न्यूह् बज्राचार्यको संगीत रहेको छ । संगीत संयोजन गोपाल रसाइलीले गरेका छन् । 

मुम्बईमा आनीको कन्सर्ट हुँदा गुलजारसँग उनको भेट भएको थियो । आनीको कन्सर्ट हेर्न आएका गुलजारसँग उनको त्यहीँ भेट भएको आनीले बताइन् । गुलजार आनीलाई पोमो (छोरी) भनेर सम्बोधन गर्छन् । 

हिन्दीमा अनुवाद गरिएको फूलको आँखामा...

pomo-1742975365.JPG
 

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १३:४३
प्रतिक्रिया दिनुहोस्