site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कुलमान हटाएको विरोधमा सदन र सडकबाट विरोध गर्ने विपक्षी दलहरूको निर्णय

काठमाडौं । विपक्षी दलहरूले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएकोमा सरकारको विरोध गर्ने निर्णय गरेका छन् । बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले सदन र सडकबाट सरकारको निर्णयको विरोध गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले विपक्षी दलहरूको बैठकले अलोकतान्त्रिकरूपमा विधि मिचेर सरकारले घिसिङलाई हटाएको निष्कर्ष निकालेको जानकारी दिए । सरकारले घिसिङलाई दुईतिहाइको दम्भका आधारमा हटाएको प्रतिपक्षी दलहरूको आरोप छ ।

"नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अलोकतान्त्रिक तरिकाले, दुईतिहाइको दम्भका साथ पार्टीहरूको सरकारले गलहत्याउने काम गरेको छ । अनुशासन, विधिभन्दा माथि गएर शक्ति प्रयोग गरेर हटायो । त्यस निर्णयविरुद्ध सदनमा आवाज उठाउनेछौँ । सदनमा प्रश्न गर्ने र त्यस कार्यको विरोध गर्नेछौँ," परियारले भने ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro