site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विन नेपाल लघुवित्तले चैत २१ गतेदेखि एफपीओ निष्कासन गर्ने

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २१ गतेदेखि थप एफपीओ निष्कासन गर्ने भएको छ । लघुवित्तले ५१ लाख २९ हजार २५० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५१ हजार २९२ दशमलव ५ कित्ता थप सार्वजनिक निष्कासन (एफपीओ) गर्न लागेको हो ।

लघुवित्तले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ९ बमोजिम स्वःपुँजी संरचनामा सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम गर्न एफपीओ निष्कासन गर्न लागको हो ।

कम्पनीको एफपीओमा लगानीकर्ताले चैत २६ गतेसम्म आवेदन दिन सक्नेछन् । यस अवधिभित्र मागअनुसार आवेदन नपरे २०८२ वैशाख ४ गतेसम्म आवेदन अवधि लम्बिनेछ । एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एकहजार कित्तासम्म आवेदन दिन सकिनेछ । 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

हाल लघुवित्तको चुक्ता पुँजी सात करोड ९२ लाख ११ हजार ३०० रुपैयाँ छ । लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १०:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro