site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुमारी बैंकका ग्राहक गोकुल थापा भिसा अभियानमा विजेता घोषित
Tiktok banner adTiktok banner ad

काठमाडौं । भिसाले सञ्चालन गरेको ‘दसैँ क्याम्पेन २०२४’ अन्तर्गत कुमारी बैंकका ग्राहकमध्ये गोकुल थापाले पहिलो स्थान हासिल गरी विजेता बनेका छन् ।

त्यसैगरी कुमारी बैंककै कार्ड प्रयोगकर्ता क्षितिज भट्टराई पनि विजेता भएका छन् । भिसा कार्डमार्फत डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यसाथ सञ्चालन गरिएको उक्त अभियानमा नेपालमा अवस्थित भिसा सदस्य बैंकबाट उत्कृष्ट २५ जना भिसा कार्ड प्रयोगका आधारमा विजेता छानिएका थिए ।

विजेता दुईजनाले विदेश भ्रमणको दुईतर्फी हवाई टिकट प्राप्त गरेका छन् । २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्दै आएको छ ।

बैंकले देशभरि रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइमार्फत अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको र आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निम्ति सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro