site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झापाबाट लागुऔषधसहित दुईजना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले लागुऔषधसहित दुईजनालाई नियन्त्रणमा लिएको छ । 

सोमबार झापाको भद्रपुर नगरपालिका मेचीपुलमा लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टा र अस्थायी प्रहरी मेचीबिटबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ मोटरसाइकलमा आएका दुईजनालाई नियन्त्रणमा लिएको हो । 

नेपाल आउँदै गर्दा मे६प ९९७७ नम्बरको मोटरसाइकललाई शंका लागी चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक भूपेन्द्र लावती र पछाडि सवार राजीव चौधरीलाई प्रतिबन्धित लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।  

उनीहरूको साथबाट ९ ग्राम ०१ मिलिग्राम ब्राउन सुगर फेलापारेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मेहेगी लामा तामाङले जानकारी दिइन् । 

लागुऔषधसहित मोटरसाइकल र दुवैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १५:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro