site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घिसिङलाई प्राधिकरणबाट हटाउने निर्णय आपत्तिजनक : प्रचण्ड 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । 

देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा ऊर्जा विज्ञका रूपमा आफू नेतृत्वको सरकारले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको उल्लेख गर्दै उनले उनको विज्ञता र क्षमता अनि आफ्नो नेतृत्वको संयुक्त प्रयासबाट उज्यालो नेपाल निर्माण गर्न सफल भएको उनले दाबी गरेका छन् । 

उनै घिसिङलाई बाँकी लामो समयदेखि पदबाट हटाउने उद्देश्यका साथ पटक–पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको उनले बताएका छन् । सरकारले मन्त्रिपरिषद् बैठकबाट कुलमानलाई बर्खास्त गरेको भन्ने खबर सञ्चारमाध्यमबाट थाहा पाएको उनले उल्लेख गरेका छन् । 

“आशा गरौँ यो खबर असत्य सावित होस्, यदि सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ,” प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, “दुईतिहाइ बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दछु ।”

यसैबीच राप्रपाका प्रमुुख सचेतक ज्ञानेन्द्र शाहीले भने प्रचण्डले कुलमानसँग टीआरसी साटेको आरोप लगाएका छन् । गैरन्यायिक रूपमा हत्या गरिएका र मानव अधिकारको गम्भीर उल्लंघन गरिएका घटनामा माओवादीलाई उन्मुक्ति दिनका लागि उनले कुलमानसँग टीआरसी साटेको शाहीको दाबी छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  २२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro