site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
धान दिवसको अवसरमा मंगलबार जुम्ला जिल्लाभर बिदा
Argakhachi Cement Island Ad

काठमाडौं । कर्णाली प्रदेश सरकारले धान दिवसको अवसरमा जुम्ला जिल्लाभरि बिदा दिएको छ । कर्णालीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरेर बिदाको जानकारी गराएको हो । 

“मिति २०८१ चैत १२ गते मंगलबारका दिन जुम्ला जिल्लामा मनाइने धान दिवसको अवसरमा जुम्ला जिल्लास्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” सरकारका प्रवक्ता उपसचिव उत्तम गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  २१:५२
प्रतिक्रिया दिनुहोस्