site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टीआरसी 'सर्च कमिटी' बनाउने सरकारको निर्णय 
Tiktok banner adTiktok banner ad

काठमाडौं । सरकारले संक्रमणकालीन न्याय निरुपण (टीआरसी)का निम्ति नयाँ सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

यसअघि गठित समिति सिफारिस नै गर्न नसकी बिदा भएपछि अर्को ‘सर्च कमिटी’ बनाउने विषयमा सोमबार प्रमुख दलबीच समझदारी बनेको थियो ।  

प्रधानमन्त्रीका संक्रमणकालीन न्याय सल्लाहकार अग्निप्रसाद खरेलले संक्रमणकालीन न्याय निरुपणका लागि दुवै पक्षका नेताहरूसँग प्रधानमन्त्रीले परामर्श गरेको र आयोगका पदाधिकारी सिफारिसका लागि सर्च कमिटी गठन गर्ने समझदारी भएको बताएका थिए । 

उनले सर्च कमिटीका विषयमा निर्णय गर्ने अधिकार सरकारको भएकाले अबको केही दिनमा सर्च कमिटी गठन हुने जानकारी दिए । विगतको कमिटी असफल भइसकेकाले नयाँ सर्च कमिटी गठन हुने उनको भनाइ थियो । 

विगतमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा बनाएको सर्च कमिटी दरखास्त आह्वान गरेर नाम संकलनपछि विघटित भएको थियो । 

उक्त सर्च कमिटीले म्याद सकिँदासम्म पनि आयोगका पदाधिकारी सिफारिस गर्न नसकेको हो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  २१:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro