site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पीएन क्याम्पसमा अनेरास्ववियुको अग्रता, पछ्याउँदै नेविसंघ र स्वतन्त्र

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा अध्यक्षमा नेकपा (एमाले) निकट अनेरास्ववियुका विष्णु पोखरेलले अग्रता लिएका छन् । सोमबार अपराह्नसम्म ३८६ मतगणना हुँदा पोखरेलले १६१ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष सुशील न्यौपानेले ६८ मत पाएका छन् । स्वतन्त्र उमेदवार विप्लवी न्यौपानेले ५२ पाएकी छन् ।

यस्तै, अखिल (क्रान्तिकारी)का नवीन अधिकारीले ३१ मत पाएका छन् । संयुक्त प्यानलका सन्तोष पौडेलले २४ मत पाउँदा अर्का स्वतन्त्र उमेदवार कमल सुवेदीले १६ मत पाएका छन् । प्राज्ञिक परिषद्‌का दिप्सन गुरुङले ११ मत पाएका छन् ।

सचिवमा पनि अनेरास्ववियुकै अग्रता छ । सचिवमा अनेरास्ववियुका विराट दुवाडीले १८२ मत पाएका छन् । यस्तै, नेविसंघमा विवेक भट्टराईले ८३, अखिल क्रान्तिकारीका मिराज थापामगरले ३२ मत पाएका छन् ।

कोषाध्यक्षमा पनि अनेरास्ववियु अग्रस्थानमा छ । अनेरास्ववियुकी सन्दिका गुरुङले १८० मत पाएकी छन् । उनलाई पछ्याइरहेकी नेविसंघकी अमिशा यादवले ८६ मत पाएकी छन् ।

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro