site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बिरालो मार्ने व्यक्तिविरुद्ध पक्राउ पुर्जी 
फाइल तस्बिर ।

ढाका । बंगलादेशको राजधानी ढाकाको एक अदालतले बिरालोको मृत्युको विषयमा दायर गरिएको मुद्दामा एक व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

फेब्रुअरी १ मा बिरालो मारेको आरोपमा पक्राउ पुर्जी जारी भएका अकबर हुसेन सिब्लुविरुद्ध लगाइएका आरोपको सुनुवाइ गर्दै ढाका महानगरीय मजिस्ट्रेट जीएम फरहान इस्तियाकले यो आदेश दिएका हुन् । 

Argakhachi Cement Island Ad

फेब्रुअरी ५ मा, बंगलादेशको पिपुल फर एनिमल वेलफेयर फाउन्डेसनको तर्फबाट नफिसा नौरिन चौधरीले मुद्दा दायर गरेकी थिइन् । मुद्दाको बयानमा नफिसाले बिरालो फेब्रुअरी १ मा हराएको बताएकी थिइन् । 

यसपछि सीसीटीभी फुटेजमा सिब्लुले बिरालोलाई लात हानेर मारेको देखिन्छ । रासस/सिन्ह्वा 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १६:५४
प्रतिक्रिया दिनुहोस्