site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ह्वाट्सएप ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासित
प्रतीकात्मक तस्बिर ।

सुनसरी । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा चिट चोराउन मोबाइलको प्रयोग गरिएको पाइएको छ । यो वर्षको एसईईमा चिट चोराउन मोबाइलमार्फत ह्वाट्सएप प्रयोग गरिएको पुष्टि भएको हो ।

सुनसरीको इनरुवा नगरपालिका–९ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा गणित विषयको एसईई चलिरहँदा ह्वाट्सएपमार्फत चिट चोर्न सहयोग गर्ने गार्ड रंगेहात पक्राउ परेका छन् । परीक्षा केन्द्रबाट ह्वाट्सएपको प्रयोग गरी चिट चोराउने कार्यमा संलग्न दुई गार्डलाई पक्राउ गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।

परीक्षा केन्द्र अनुगमनमा पुगेको प्रजिअसहितको टोलीलाई देखेर परीक्षा गार्ड (शिक्षक)ले मोबाइल अफ गरेका थिए । त्यसपछि उनीहरूका मोबाइल जाँच गरियो । त्यसक्रममा परीक्षा केन्द्रमा खटाइएका प्रावि शिक्षकको साथमा रहेको मोबाइलबाट चिट चोर्न र चोराउन ह्वाट्सएपमार्फत च्याट गरिएको भेटिएको थियो ।

ह्वाट्सएपमा कुराकानी गर्दै विद्यार्थीको नाम, सिम्बोल नम्बर र बोर्डिङ स्कुलको नामसहित विद्यार्थी संख्या के कति भन्नेबारे च्याट गरिएको पाइएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए । पक्राउ परेका शिक्षक श्रवणकुमार चौधरी र रमानन्द मेहतालाई परीक्षा गार्डबाट निष्कासन गरिएको उनले जानकारी दिए ।

यस्तै, अनुगमनका क्रममा इनरुवा–१ स्थित भगवती मावि परीक्षा केन्द्रबाट तीन निरीक्षकलाई नियन्त्रणमा लिइएको प्रजिअ मिश्रले बताए ।

भगवती मावि परीक्षा केन्द्रबाट इनरुवा–५ का मुकेन्द्र यादव, रमानन्द यादव र दिनेशप्रसाद यादवलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

यसैबीच, परीक्षा केन्द्रमा मोबाइल प्रवेशका विषयमा सुनसरी प्रशासनले चेकजाँचमा कडाइ गर्न निर्देशन दिएको छ । सुनसरीको दुहवीबाट अघिल्लो दिन विद्यार्थीबाट जनही १० हजार रुपैयाँ लिने दुई गार्डलाई निष्कासन गरिएको थियो ।

परीक्षा मर्यादित बनाउँदै चिट चोर्ने र चोराउने प्रवृत्तिलाई निरुत्साहित गर्ने गरी परीक्षा केन्द्रलक्षित अनुगमन टोली परिचालन गरिएको प्रजिअ मिश्रले बताए ।

निरीक्षकले ह्वाट्सएप ग्रुप बनाएर भित्रको प्रश्नपत्र बाहिर पठाएर बाहिरबाट सबै प्रश्नको उत्तर लेखेर पठाउने र विद्यार्थीलाई सिकाउने गरेको पाइएको हो ।

यसअघि, गएको बिहीबार सुनसरीकै दुहबीस्थित सरस्वती माध्यमिक विद्यालय र गढीको सरस्वती माध्यमिक विद्यालयबाट दुई/दुई निरीक्षकलाई निष्कासन गरिएको थियो ।

जिल्लाका ५० परीक्षा केन्द्रमा १३ हजार ५७३ परीक्षार्थी सहभागी भएका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख खगेन्द्र सुवेदीले जानकारी दिए । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १५:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro