site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सधैँ आयातका भरमा मुलुक चल्न सक्दैन, कृषि उत्पादन बढाउन सरकारले प्रोत्साहन गर्छ : कृषिमन्त्री

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानका सबै समस्या सम्बोधन हुने गरी कृषि नीति अघि बढाइने बताएका छन् । 

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्री अधिकारीले कृषि नीति तर्जुमाको चरणमा रहेको भन्दै किसानका सबै समस्यालाई सम्बोधन हुने गरी अघि बढाइने बताए । 

मन्त्री अधिकारीले सधैँ आयातका भरमा मुलुक चल्न नसक्ने भएकाले कृषि उत्पादन बढाउनका लागि सरकारले प्रोत्साहन गर्ने धारणा राखे । वर्षभरि खेती गरेर किसानलाई बाँच्न सक्ने बनाउनका लागि सबैले सोच्नुपर्ने उनले बताए । 

मन्त्री अधिकारीले कृषि नीतिको कार्यान्वयन चरणमा कृषि क्षेत्रका चुनौती व्यवस्थापन गर्न सकिने धारणा राखे । 

समितिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तर्जुमाको चरणमा रहेको कृषि नीतिका सम्बन्धमा सम्बन्धित विज्ञ व्यक्तित्व, सरोकारवाला तथा मन्त्रालयसँग छलफल गरेको हो । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १४:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro