site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सिंहदरबारमा जुट्दै छन् ओली, देउवा र प्रचण्ड

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेता आज (चैत ११) छलफलमा जुट्ने भएका छन् । सत्तासाझेदार दुई र प्रमुख प्रतिपक्ष दलका नेताबीच बैठक हुन लागेको हो ।

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल तय गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बैठक बस्ने सूचना प्राप्त भएको प्रचण्डका स्वकीयसचिव गोविन्द आचार्यले जानकारी दिए ।

बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल गरिनेछ । सत्ता र प्रतिपक्ष दुवै उक्त विषय टुंग्याउन अग्रसर देखिन्छन् । समसामयिक राजनीतिक विषयमा पनि छलफल हुन सक्ने अनुमान छ ।

यही चैत ७ गते प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायका बाँकी काम टुंग्याउन प्रचण्डसँग सम्पर्कको प्रयास भइरहेको बताएका थिए ।

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  ०९:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro