site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लिङदेनले भने– हामी हाम्रो समयकै खराब अवस्थामा छौँ
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले देशको स्थिति आफूहरूको कालको सबैभन्दा खराब स्थितिमा पुगेको बताएका छन् । शनिबार (चैत ९) जनकपुरमा आयोजित जागरण अभियानमा उनले यस्तो बताएका हुन् ।

“देशको स्थिति हाम्रो समयकै सबैभन्दा खराब स्थितिमा छ । र, हामी हाम्रो समयकै खराब अवस्थामा छौँ,” उनले भने ।

देशको अर्थतन्त्र एकदम नाजुक अवस्थामा रहेको उनले उल्लेख गरे । उनले राज्यले संकलन गर्ने राजस्वले कर्मचारीलाई तलबभत्ता खुवाउन नपुग्दा वैदेशिक ऋण लिनुपर्ने दुःखद अवस्था रहेको बताए ।

“कर्मचारी र नेतालाई तलबभत्ता खुवाउनका लागि हरेक महिना राज्य ऋण लिनुपर्ने अवस्था छ । भनेपछि सरकारले देशको अर्थतन्त्र जतिसुकै राम्रो छ भने पनि देशको अवस्था के छ भन्ने कुरा यही कुराले बताउँछ,” उनले भने ।

उनले संघीयता कार्यान्वयन हुनुअघि ६ खर्ब १५ अर्ब ऋण भएकामा एक दशकमा त्यो बढेर २६ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको सुनाए । “जब हाम्रो आम्दानीले देशको साधारण खर्च पुग्दैन भने देशको अवस्था ठिक छ ?,” उनले प्रश्न गरे ।

अध्यक्ष लिङदेनले आर्थिक, राजनीतिक, सामाजिकलगायत विभिन्न कारणले देशको अवस्था चौपट रहेको टिप्पणी गरे । उनले देश असफल राष्ट्रको दिशामा अग्रसर भइरहेकाले समयमै खबरदारी गर्नुपर्नेमा जोड दिए । न्युज एजेन्सी नेपाल 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  २१:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro