site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सावित्रालाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुस्कार
फाइल तस्बिर ।

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी सावित्रा भण्डारी प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत भएकी छन् । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको राष्ट्रिय प्रतिभा पुरस्कार वितरण समारोहमा पुरस्कार वितरण गरिएको हो ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले फान्सेली लिगमा व्यस्त भएका कारण साम्बाकी अभिभावकलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए । खेल क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै भण्डारीलाई पुरस्कार प्रदान गरिएको हो ।

नेपाली फुटबल जगतमा एउटै खेलमा दोहोरो ह्याट्रिक प्रहार गर्न सफल खेलाडी सावित्रा सशस्त्र बलको एपीएफ क्लबकी मुख्य खेलाडी हुन् ।

उनले एपीएफ क्लबलाई क्रमशः चारपटकसम्म उपाधि दिलाउन महत्त्वपूर्ण खेल खेलेकी थिइन् । उनी पटक पटक विभिन्न राष्ट्रिय प्रतियोगिताहरूमा समेत उत्कृष्ट खेलाडी घोषित भइसकेकी छिन् । २०७३, २०७५ सालमा एपीएफले प्रधानसेनापति कप र २०७५ मै राष्ट्रिय लिग जित्दा उनी उत्कृष्ट स्टाइकर चुनिएकी थिइन् ।

नेपालबाट अन्तर्राष्ट्रिय व्यावसायिक फुटबल खेल्ने पहिलो नेपाली महिला खेलाडी पनि सावित्रा नै हुन् । अन्तर्राष्ट्रिय जगतमा समेत उनले सफलता प्राप्त गरेकी छन् । २०१७ सालमा माल्दिभस् महिला लिगमा समेत उनी उत्कृष्ट खेलाडी बनेकी थिइन् । हालसम्म भण्डारीले चार दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकी छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro