site stats
बाह्रखरी :: Baahrakhari
देश
चन्द्रागिरिको केउरानी सामुदायिक वनमा डढेलो

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित केउरानी सामुदायिक वनमा डढेलो लागेको छ । अहिले स्थानीय र प्रहरी मिलेर डढेलो नियन्त्रणमा लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहोराले जानकारी दिए ।

उनका अनुसार, डढेलोबाट मानवीय क्षति भएको छैन ।

“मानवीय क्षति भएको छैन । स्थानीय र प्रहरी मिलेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ,” एसपी बोहोराले भने ।

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १२:२३
प्रतिक्रिया दिनुहोस्