site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मारिनोले टारे स्पेनको हार

काठमाडौं । इन्ज्युरी समयमा मिकेल मारिनोले गोल गरेपछि यूईएफए नेसन्स लिगमा युरो २०२४ विजेता स्पेनले हारबाट जोगिएको छ । बिहीबार राति स्पेनले नेदरल्यान्ड्सलाई उसैको मैदानमा २–२ को बराबरीमा रोकेको हो ।

स्पेनका निको विलियम्सले नवौँ मिनेटमा गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए । तर, स्पेनको यो अग्रता लामो समय टिक्न सकेन । २८औँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै घरेलु टिमलाई खेलमा फर्काए ।

दोस्रो हाफको पहिलो मिनेटमै टिजानी रेन्डर्सको गोलमा नेदरल्यान्ड्सले २–१ को अग्रता बनायो । तर, इन्ज्युरी समयमा मारिनोले गोल गरेपछि स्पेनले हार टारेको हो ।

त्यसअघि, ८१औँ मिनेटमा जोरेल होटाले रातो कार्डपछि मैदान छाडेपछि डच टोलीले १० खेलाडीमा सीमित बनेको थियो ।

यी दुई टिमबीचको दोस्रो लेग आउँदो सोमबार स्पेनको मेस्टालामा हुने तालिका छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  ०९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro