site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उद्योगमा तत्काल विद्युत् नियमित गर्न परिसंघको अपिल
Tiktok banner adTiktok banner ad

काठमाडौं । अर्थतन्त्रको मेरुदण्ड रहेको उद्योगहरूमा लोडसेडिङ गरिएकोप्रति नेपाल उद्योग परिसंघको गम्भीर ध्यानाकर्षण भएको छ । केही समय अगाडि पनि नेपालका उद्योगहरूमा लोडसेडिङ गर्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत् निर्यात गरेको भन्दै उद्योगहरूमा विद्युत् उपलब्ध नगराइँदा उत्पादन लागत बढ्नुका साथै, उत्पादनमा गम्भीर असर परेको परिसंघको भनाइ छ ।

उद्योगहरूमा अहिले पुनः दैनिक १२ घण्टासम्म लोडसेडिङ गराएर उद्योगहरूलाई प्रताडित पार्ने काम प्राधिकरणबाट भएको परिसंघले बताएको छ । यस्तो कार्यले मुलुकमा लगानीको वातावरणमा गम्भीर असर पार्नुका साथै नयाँ उद्योग स्थापना गर्न र उद्योग विस्तार गर्न गम्भीर भएर सोच्नुपर्ने गरी सशंकित बनाइएको परिसंघको बुझाइ छ ।

सरकारले स्वदेशी उद्योगहरूको प्रवर्द्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन कानुनहरूमा सुधार गर्दै लगानीको वातावरण बनाउन प्रयासरत भइरहेको अवस्थामा सरकारी निकाय नै रहेको विद्युत् प्राधिकरणले स्वदेशी उद्योगहरूमा गरेको लोडसेडिङले उद्योगलाई मर्माहत बनाएको बताइएको छ ।

“मुलुकमा विद्युत् बचत हुँदा पनि उद्योगहरूलाई पर्याप्त विद्युत् उपलब्ध नगराई निर्यात गरेको प्राधिकरणले अहिले फेरि उद्योगहरूमा लोडसेडिङ गराएर देशमा उद्योग नगर्न प्रेरित गरेको त होइन ? विद्युत् कुनै पनि उद्योगहरूका लागि कच्चा पदार्थ हो । कच्चा पदार्थको अभावमा कुनै पनि वस्तु उत्पादन गर्न सम्भव हुँदैन । त्यसैले उद्योगलाई नियमित विद्युत् आपूर्ति हुने व्यवस्था तत्काल गर्न परिसंघ सरकार एवं सम्बन्धित पक्षसँग अपिल गर्दछ,” परिसंघबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  २०:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro