site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रवि भेट्न पुगे प्रचण्ड : राजनीतिक प्रतिशोध भएकाले आवाज उठाउने आश्वासन दिने
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' रास्वपा सभापति रवि लामिछाने भेट्न बुधबार नख्खु कारागार पुगेका छन् ।

लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको र अहिले स्वास्थ्य पनि बिग्रिएका कारण भेट्न पुगेको प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । आचार्यका अनुसार, प्रचण्डले रविलाई स्वास्थ्यलाभको कामना गर्दै राजनीतिक प्रतिशोधविरुद्ध आवाज उठाउने आश्वासन दिने बताए ।

 

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १७:०८
प्रतिक्रिया दिनुहोस्