राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेलकुदको विकास गर्न पार्टीले बनाउने नीतिको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागले बिहीबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको ‘खेलकुद नीति तथा कार्यक्रम’ विषयक विचार गोष्ठीमा देउवाले पार्टीले तय गर्ने नीति खेलाडीको मनोबल बढाउने र खेलकुदको विकास गर्न महत्त्वपूर्ण हुने बताए ।
उनले हरेक व्यक्तिको मानसिक विकासका लागि खेलकुद आवश्यक रहेको धारणा पनि राखे । देउवाले खेलकुद नीतिका लागि पार्टीभित्र व्यापक बहस हुनु सकारात्मक रहेको बताए ।
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१ १८:४७
प्रतिक्रिया दिनुहोस्