site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्जेन्टिनाको टिमबाट मार्टिनेज पनि बाहिरिए

काठमाडौं । अर्जेन्टिनी राष्ट्रिय टिमबाट नियमित कप्तान लियोनल मेसीपछि अर्का स्ट्राइकर लौटारो मार्टिनेज पनि बाहिरिएका छन् ।

अर्जेन्टिनाले यसै साता फिफा विश्वकप २०२६ दक्षिण अमेरिकी छनोटमा उरुग्वे र ब्राजिलविरुद्ध खेल्ने तालिका छ । तर, त्यसअघि विश्वकपको साविक विजेता समेत रहेको अर्जेन्टिनाले टोलीका महत्त्वपूर्ण दुई सदस्य गुमाएको हो । बुधबार अर्जेन्टिनी एफसीले मार्टिनेज ह्यामस्ट्रिङका कारण टिमबाहिर रहने जानकारी गराएको छ ।

मार्टिनेजले व्यावसायिक फुटबल इटालियन सिरी ‘ए’ क्लब इन्टर मिलानबाट खेलिरहेका छन् । अर्जेन्टिनाले फिफा विश्वकप र लगातार दुईपटक कोपा अमेरिकाको उपाधि जित्दा मार्टिनेज टिमका महत्त्वपूर्ण सदस्य थिए ।

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत दोस्रो लेगमा फेयेनोर्डविरुद्ध खेल्दा २७ वर्षीय मार्टिनेज घाइते भएका थिए ।

अर्जेन्टिनाले मार्च २१ मा उरुग्वे र मार्च २५ मा ब्राजिलविरुद्ध खेल्ने तालिका छ । विश्वकपको दक्षिण अमेरिकी छनोटको अंकतालिकामा अर्जेन्टिना शीर्ष स्थानमा छ । छनोटमा १२ खेल खेल्दा अर्जेन्टिनाले आठ जित, एक बराबरी र तीन हारसहित २५ अंक जोडेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  ०९:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro