site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मर्जर, हकप्रद र बोनस सेयरको हल्लाले ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य प्रभावित

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले १ः१.१० अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावसहितको सूचना सार्वजनिक गर्‍यो । यो प्रस्ताव बैंकको साधारणसभा, नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डबाट पारित भएपछि मात्र सेयरधनीका लागि हकप्रद जारी गर्न योग्य हुन्छ ।

यी तीन चरण पार गर्न समय लाग्छ । राष्ट्र बैंक र धितोपत्र बोर्डले हकप्रद सेयर जारी गर्न अनुमति दिएपछि मात्र बैंकको १०० कित्ता सेयर हुनेहरूले ११० कित्ता सेयरमा आवेदन दिन पाउँछन् ।

तर, अहिले नै हकप्रद सेयर जारी भएजसरी बैंकको सेयर मूल्य बढिरहेको छ । चालु वर्षको दोस्रो त्रैमाससम्म प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ २४ पैसा भएको बैंकको सेयर मूल्य हाल १४ सयभन्दा बढी छ । पछिल्लो एक वर्षको सेयर मूल्यको तथ्यांक हेर्दा बैंकको उच्च सेयर मूल्य २००१ रुपैयाँसम्म पुगेको छ ।

प्रतिसेयर नेटवर्थ भनेको कम्पनीको भ्याल्लु हो । नेटवर्थको तीन गुणासम्म सेयर मूल्यलाई सामान्य मानिन्छ । तर, यो बैंकको सेयर मूल्य ओभर भ्यालुड हो । यसको मतलब बैंकको क्षमताभन्दा बढी मूल्य हो ।

बैंकले आर्थिक वर्ष २०८०/८१ को मुनाफा तथा संचित मुनाफा रकमबाट हाल कायम चुक्तापुँजीको ६.०५२७ प्रतिशत लाभांश दिने प्रस्तावसहितको साधारणसभा मिति पनि घोषणा गर्‍यो ।

सामान्यतया लाभांश प्रस्ताव साधारणसभाको मिति तोक्नुभन्दा पहिले गर्ने घोषणा गरिन्थ्यो । तर, ग्रीन डेभलपमेन्ट बैंकले लाभाशं प्रस्ताव, हकप्रद सेयर निष्कासन, मर्जरमा जाने र साधारणसभा गर्ने मिति समेत गरेर एकैपटक सूचना सर्वजनिक भयो ।

यसरी सूचना एकैपटक सार्वजनिक भएसँगै बैंकको सेयर मूल्य एकैदिन सात प्रतिशत वृद्धि भयो । बुधबार बैंकको सेयर मूल्य एकैदिन ९४ रुपैयाँ बढेर एक हजार ४३७ रुपैयाँ ६० पैसा कायम भएको छ ।  

बैंकले प्रतिकित्ता १०० अंकित मूल्यको ६३ लाख सात हजार १३२ कित्ता हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ ।

पाँच जिल्लामा अवस्थित विकास बैंक राष्ट्रियस्तरको बन्नका लागि पुँजी वृद्धितर्फ लागेको छ । चारदेखि १० जिल्लामा अवस्थित विकास बैंको न्यूनतम चुक्तापुँजी एक अर्ब २० करोड कायम गर्नुपर्ने राष्ट्र बैंकको प्रावधान छ ।

हाल यो बैंक बागलुङ, म्याग्दी, कास्की, तनहुँ र नवरपुरमा अवस्थित छ । बैंकले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि छलफल चलाइरहेको छ । सोही कारण बैंकले गाभ्ने/गाभिने वा प्राप्ति गर्ने विशेष प्रस्ताव गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  २०:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro