site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अतिरिक्त सचिव डा. मिश्रालाई प्रश्न : राजीनामा दिन लाग्नुभएको हो ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा.संगीता कौशल मिश्रा नयाँ सचिव नियुक्तिपछि मन्त्रालयमा आएकी छैनन् । वरीयताक्रम मिचेर स्वास्थ्यसचिव नियुक्त गरिएको भन्दै असन्तुष्ट उनी विनाजानकारी मन्त्रालयमा अनुपस्थित छिन् ।

गएको फागुन २१ गते नयाँ स्वास्थ्यसचिव नियुक्त भएर आएदेखि नै उनी मन्त्रालयमा अनुपस्थित रहेको कर्मचारीहरू बताउँछन् । “सचिवज्यूले शुक्रबारसम्मको बिदा मात्रै दिन सक्छु भन्नुभएको रहेछ, तर त्यसपछिका दिनमा पनि वहाँको कुनै खबर छैन, मन्त्रालय पनि आउनुभएको छैन,” मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बाह्रखरीसित भने ।

“तपाईं विनाजानकारी बिदामा हुनुहुन्छ रे, राजीनामा दिन लाग्नुभएको हो’ भन्ने बाह्रखरीको प्रश्नमा डा. मिश्राले “म बिदामा छु,” भन्ने संक्षिप्त जवाफ दिइन् ।

सचिव नियुक्तिको विषयलाई लिएर उनले गएको शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । मिश्राले रिटमा अतिरिक्त सचिवको सिफारिसमा परेकामध्ये आफू वरीयता तथा कार्यसम्पादनमा अघि रहे पनि नियुक्तिमा भने अन्याय भएको रिटमा उल्लेख छ ।

डा. मिश्राको रिटमाथि आइतबार नै सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको थियो । जसमा न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले कारण देखाउ आदेशका साथै स्वास्थ्य र संघीय मामिला मन्त्रालय दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । छलफलको मिति भने तय नभएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।

गत फागुन २१ गतेको मन्त्रिपरिषद् बैठकले डा. विकास देवकोटालाई सचिवमा नियुक्त गरेको थियो । १२औँ तह बढुवाका आधारमा आफू ज्येष्ठ भए पनि महिला भएकै आधारमा वरिष्ठता मिचेर डा.देवकोटालाई सचिव नियुक्त गरिएको उनको दाबी छ ।

सचिवमा सिफारिसमा परेका तीनमध्ये डा. मिश्रा ०७९ असार २३ गते तथा डा. देवकोटा ०७९ चैतमा १२औँ तह अर्थात् अतिरिक्त सचिवमा बढुवा भएका थिए । अर्का उमेदवार डा. टंक बाराकोटी पनि ०७९ चैत १३ मा नै १२औँ तहमा बढुवा भएका थिए । 

तर सेवा प्रवेश र सरकारी सेवा अवधिमा भने डा. देवकोटाको अनुभव बढी थियो । डा.देवकोटा ०५३ सालमा सेवा प्रवेश गरेका थिए । ०५७ सालमा सेवामा प्रवेश गरेकी डा. मिश्रा एक वर्ष मात्रै सरकारी सेवामा रहिन् । खुला प्रतिस्पर्धामार्फत ०७९ मा उनी पुनः सरकारी सेवामा फर्किएकी हुन् ।

यता, मन्त्रालयले भने दुई अतिरिक्त सचिवहरूको बढुवा भए पनि नयाँ अतिरिक्त सचिवका निम्ति आह्वान गरेको छ । यसअघि डा. मिश्रा, डा. देवकोटा र डा. बाराकोटी सो पदमा रहेकोमा डा. देवकोटा स्वास्थ्यसचिव र डा. बराकोटी स्वास्थ्य सेवा विभागको महानिर्देशकमा बढुवा भइसकेका छन् । 

रिक्त दुई पदका निम्ति एघारौँ तहमा कम्तीमा पाँच वर्ष सेवा अवधि पूरा भएका अधिकृतका लागि मन्त्रालयले आवेदन खुला गरेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro