site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मधेसका सरकारी निकाय एसईईका कुनै पनि क्रियाकलापमा सहभागी नहुने

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आगामी बिहीबार (चैत ७ गते)बाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा प्रदेश सरकार सहभागी नहुने बताएका छन् । जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश सरकारले एसईईका सम्बन्धमा राखेको चासो र गरेको निर्णय कार्यावन्यन नभएको भन्दै परीक्षा कार्यक्रममा सहभागी नहुने बताए ।

“यही फागुन २६ गते एसईईलाई मर्यादित तथा व्यवस्थित बनाउनका लागि परीक्षामा खटिने केन्द्राध्यक्ष गोलाप्रथाबाट छनोट गर्नुपर्ने र सो निर्णय प्रदेशका सबै जिल्ला परीक्षा समन्वय समितिले कार्यावन्यन गर्नुपर्ने निर्णय भएको थियो । तर, त्यसलाई बेवास्ता गरिएकाले प्रदेश सरकारका कुनै पनि निकाय परीक्षाका कुनै क्रियाकलापमा सहभागी हुँदैनन्,” मुख्यमन्त्री सिंहले भने ।

आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका प्रहरी प्रमुख एवं जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुखको रोहबरमा गोला प्रथाबाट केन्द्राध्यक्ष तोक्नुपर्ने निर्णय भएको थियो । तर, विभिन्न शिक्षक संघ/संगठनले यसमा विरोध जनाएका थिए । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने परीक्षा छनोट समितिको बैठकले गोलाप्रथाबाट नभई आफूखुसी केन्द्राध्यक्ष तोक्ने परिपाटी कायमै भएकाले बाध्य भएर यस्तो निर्णय गर्नुपरेको मुख्यमन्त्री सिंहले बताए ।

“हामीले राष्ट्रिय परीक्षा बोर्डलाई जानकारी गराएर यस्तो निर्णय गरेका थियौँ । तर, प्रदेश सरकारले गरेको निर्णय कार्यावन्यन भएन । प्रदेश सरकारको भूमिका कमजोर बनाउने कार्य स्वीकार्य हुँदैन,” उनले भने ।

मधेस प्रदेशका आठ जिल्लामा एसईईमा ८८ हजार ८५८ जना परीक्षार्थी सहभागी हुने जानकारी दिँदै मुख्यमन्त्री सिंहले परीक्षाहलमा परीक्षार्थीबाट मोबाइल फेला परेमा जफत गर्नुपर्ने निर्णयलाई भने संघीय सरकारले सदर गरेको जानकारी दिए ।

प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले मधेस प्रदेशको शिक्षालाई कमजोर बनाउनका लागि निर्णय लागु नभएको गुनासो गरिन् । संघीय सरकारबाट प्रदेशको शिक्षालाई समाप्त गर्ने खेल भएको उनको आरोप थियो । 

यसअघि, मधेस प्रदेशको शिक्षा निर्देशनालय जनकपुरधामले प्रदेशभर ३१२ परीक्षा केन्द्र रहेका र एक हजार २३१ विद्यालयका ८८ हजार ८५८ परीक्षार्थी परीक्षामा सहभागी हुने जनाएको छ । ती केन्द्रमा खटिने कर्मचारीको संख्या १२ हजार २४२ र सुरक्षाकर्मीको संख्या चार हजार ५८० रहने पनि निर्देशनालयले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro