site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अमर ज्योति क्याम्पसको स्ववियुमा सबै छात्रा निर्वाचित

काठमाडौं । नुवाकोटको एक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सबै पदाधिकारी तथा सदस्यमा छात्रा निर्वाचित बनेका छन् । 

त्रिभुवन विश्वविद्यालयअन्तर्गत नुवाकोटको तादी गाउँपालिका–३, खरानीटारमा रहेको अमर ज्योति बहुमुखी क्याम्पसमा स्ववियुका सबै पदाधिकारी छात्रा चुनिएका हुन् ।  

यही चैत ४ गते क्याम्पसमा अध्ययनरत उपलब्ध विद्यार्थीको भेलाले सर्वसम्मतिमा स्ववियु काउन्सिल गठन गरेको क्याम्पस प्रमुख सुरेन्द्र अधिकारीले जानकारी दिए । 

भेलाले सभापतिमा शर्मिला श्रेष्ठ, उपसभापतिमा विपना तामाङ, सचिवमा मोनिका उप्रेती र कोषाध्यक्षमा सन्तोषी तिमल्सेनालाई चयन गरेको छ । 

त्यस्तै सदस्यहरूमा कौशिला श्रेष्ठ, मीरा घलान, मौसमी श्रेष्ठ, कल्पना मोक्तान, नीता दाहाल र पार्वती थापा चयन भएको क्याम्पस प्रमुख अधिकारीले जानकारी दिए । 

484959773_29019832907630125_4502657953252965310_n-1742298547.jpg
 

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro