site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महेन्द्र मोरङ क्याम्पसमा मतदान जारी, नेविसंघका दुवै पक्ष प्रतिस्पर्धामा

विराटनगर । नेपाल विद्यार्थी संघ (नेविसंघ)का दुई पक्षबीच कुटाकुट भएको विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा शान्तिपूर्ण ढंगले निर्वाचन भइरहेको छ । मंगलबार अपराह्नसम्म मतदान जारी छ ।

निर्वाचन समितिका अनुसार, आज दिउँसो २ बजेसम्म दुई हजार ९४ जना मतदाता छन् । क्याम्पसमा १५ मतदानस्थल तोकेर मत हाल्ने व्यवस्था मिलाइएको छ । मतदान अपराह्न ४ बजेसम्म हुने तय भएको छ ।

निर्वाचनमा विभिन्न सात विद्यार्थी संगठन सहभागी छन् । नेविसंघको संस्थापन र शेखर कोइराला पक्षबाट प्यानल बनाएर उमेदवार चुनावी प्रतिस्पर्धामा छन् । 

नेविसंघ संस्थापनबाट प्रज्ज्वल विष्ट र कोइराला पक्षबाट योगराज दाहाल अध्यक्षका उमेदवार छन् । अघिल्लो निर्वाचनमा अध्यक्षमा नेविसंघ विजयी भएको थियो ।

मोरङ क्याम्पसमा अखिल क्रान्तिकारीबाट रोहित यादव र अनेरास्ववियुका अनिष बोगटी अध्यक्षका उमेदवार छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro