site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्ववियु निर्वाचन : अधिकांश क्याम्पसमा मतदान सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ ।

मंगलबार (चैत ५) बिहान ८ः०० बजेदेखि ४६ आंगिक र २५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन सुरु भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए । उनले अधिकांश क्याम्पसमा मतदान सुरु भइसकेको बताए । उनका अनुसार, आजै अपराह्न ४ः०० बजेसम्म मतदान हुनेछ ।

क्याम्पसमा गठित निर्वाचन समितिले मतदानलगत्तै आजै साँझदेखि मतगणना थाल्ने उनले बताए ।

त्रिविले प्रत्येक दुई/दुई वर्षमा स्ववियु निर्वाचन गर्दै आएको छ । निर्वाचनमा राजनीतिक दलनिकट विद्यार्थी संगठन अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियू, स्वतन्त्र विद्यार्थी समूहसहितले भाग लिएका छन् ।

०६५ सालदेखि स्ववियु निर्वाचन नियमित हुन सकेको थिएन । एकैपटक ०७३ चैत १५ गते निर्वाचन भएको थियो । त्यसपछि ०७९ चैत ५ गते देशभर केही क्याम्पसबाहेकमा निर्वाचन सम्पन्न भएको थियो ।

त्रिविमा २०१८–१९ देखि प्रत्यक्ष प्रणालीबाट निर्वाचन हुँदै आएकामा ०३० सालसम्म प्रत्येक वर्ष र ०३६ देखि हरेक दुई/दुई वर्षमा निर्वाचन हुन थालेको हो । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  ०९:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro