
मनाङ । यही चैत ७ गतेदेखि सुरु हुन लागेको यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मनाङबाट ४६ जना सहभागी हुने भएका छन् । परीक्षा केन्द्र सदरमुकाम चामेस्थित लोकप्रिय माविमा तोकिएको छ ।
परीक्षामा नियमिततर्फ ४१ र ग्रेडवृद्धिमा पाँच परीक्षार्थी सहभागी हुन लागेको शिक्षा समन्वय एकाइ मनाङका प्रमुख ध्रुवप्रसाद कोइरालाले जानकारी दिए ।
चार स्थानीय तह रहेको मनाङमा नार्पाभूमि गाउँपालिकाबाट कोही परीक्षार्थी छैनन् । उनका अनुसार, नासोँ गाउँपालिकाको प्रकाशज्योति माविबाट २१, ङिस्याङ गाउँपालिकाको अन्नपूर्ण माविबाट चार, चामे गाउँपालिकाको लोकप्रिय माविबाट १६ जना परीक्षामा सहभागी हुँदै छन् ।
प्रकाशज्योति माविबाट दुई र लोकप्रिय माविबाट तीनजनाले ग्रेडवृद्धि परीक्षा दिन लागेका छन् । रासस