site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रशिक्षक एन्सेलोट्टीले भने– आराम गर्ने समय ७२ घण्टाभन्दा कम भए रियाल खेल्दैन

काठमाडौं । रियाल मड्रिडका मुख्य प्रशिक्षक कार्लाे एन्सेलोट्टीले आफ्नो टोलीले आगामी खेलका लागि आराम गर्ने समय ७२ घण्टाभन्दा कम पाए नखेल्ने बताएका छन् । गत बुधबार एट्लेटिकोलाई पराजित गरेको खेलमा खेलाडीहरूमा शारीरिक भार परेको बताउँदै उनले खेलाडीहरूलाई आराम गर्न पर्याप्त समय चाहिने बताएका हुन् ।

“मलाई लाग्छ रियालले ७२ घण्टा भन्दा कम आराम समयमा खेल्ने अन्तिम खेल यही हो । हामी आगामी दिन ७२ घण्टाभन्दा कम आराम भए खेल्दैनौँ,” शनिबार भिलारियासँगको सम्पन्न खेलपछि उनले सञ्चारकर्मीसँग भने, “टिम एकदम थाकिसकेको छ । जुन अनुमानित नै थियो । यो जितले हाम्रो टोली र हाम्रो जनशक्तिको बारेका धेरै बयान गर्छ ।”

उनले ला लिगालाई पनि खेल तालिकाबारे अवगत गराए पनि कुनै प्रतिक्रिया नआएको बताए ।

शनिबार रियालले भिलारियालाई १–० ले पछि परेको अवस्थामा पुनरागमन गर्दै २–१ ले पराजित गरेको थियो । जितबाट रियाल अंक तालिकमा ६० अंकसहित पहिलो स्थानमा उक्लिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro