site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘कर्मा’को टिजरमा विपीनको एक्सन

काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । काठमाडौंमा आज एक कार्यक्रम गर्दै निर्माणपक्षले टिजर सार्वजनिक गरेको हो । 

टिजरले चलचित्रको कथा खुलाएको छैन । कथा लुकाउँदै टिजरले एक्सन भने भरपुर देखाएको छ । 

कसैले कान फुट्नेगरी हानेपछि आफूलाई सुगठित गर्दै टक्कर लिने विपीन कार्कीको एक्सन देखाइएको छ । टिजरले एक्सनमा उत्रिने विपीन पारिवारिक समस्याका कारण कति भावुक छन् भन्ने देखाएको छ । 

बाइक स्टन्टले ध्यान खिच्छ । सरिता गिरी, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेबलाई टिजरमा देख्न सकिन्छ । 

‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेका छन् । चलचित्र ‘कर्मा’ चैत २९ गते रिलिज हुँदै छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ ।

एक्सन जनरामा निर्माण भएको ‘कर्मा’मा विपीनको पहिलो एक्सन सिनेमा हो । एक्सन ड्रामा जनरामा निर्माण भएको सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् ।

केही समयअघि सार्वजनिक पोस्टरले दर्शकमाझ उत्सुकता बढाएसँगै ओभरसिज माकेर्टमा पनि दर्शकमा ‘कर्मा’प्रति चासो रहेको सेभेन सिज सिनेमाले बताएको छ ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १५:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro