site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
निटफेस्ट तेस्रो संस्करणमा १२ देशका १७ नाटक

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) तेस्रो संस्करणको पोस्टर र नाटक सूची सार्वजनिक भएको छ । आयोजक मण्डला थिएटरले विज्ञप्ति जारी गर्दै पोस्टर तथा नाटकको सूची सार्वजनिक गरेको हो । 

चैत ६ देखि सुरू हुने निटफेस्ट १२ देशका १७ नाटक मञ्चन हुनेछन् । महोत्सव संयोजक केदार श्रेष्ठका अनुसार महोत्सवमा पठाइएका संसारभरका ११५ नाटक आवेदनमा परेका थिए ।

तीमध्येबाट १० विदेशी र दुई नेपाली गरी १२ वटा नाटक छनोट गरिएको हो । त्यसबाहेक आयोजक संस्था मण्डला थिएटरबाट एक, तीन सहरका स्थानीय आयोजकका तीन र चौतारी नाटक एक गरी जम्मा १७ नाटक छानिएको श्रेष्ठले जानकारी दिए ।

नेपालबाट ‘झोडा’ र ‘सामा चाको सामा चाको अहिवा हे’  छनोटमा परेका नाटक छन् । जापान र नेपालको ‘कन्दाता एन्ड शकुन्तला’, भारतको ‘एबओर्जिनल क्राइ’ र ‘तमासा’, चीनको ‘मोचौ मोचौ’, ट्युनिसियाको ‘एसेच’, इरानको ‘एन्टिगोन’, लिुथआना र स्पेनको ‘अराइभ्ड’, चीनको ‘चार्मिङ जिन्जु ओपेर एपिसोड्स’लगायत नाटक मञ्चन हुनेछन् ।

मण्डला थिएटर, थापागाउँमा चल्ने महोत्सवको नारा ‘सामाजिक रुपान्तरणका लागि रंगमञ्चः रैथाने ज्ञानको उज्यालो ।’

यसपटक चार सहरमा हुने निटफेस्ट काठमाडौंस्थित मण्डला थिएटर सँगसँगै पोखरा, भरतपुर र बेलबारीमा पनि हुँदै छ । महोत्सवमा एक सयभन्दा बढी विदेशी कलाकार आउनेछन् । 

स्कटल्यान्ड, चीन र जर्मनीका कलाकारद्वारा तीन फरक कार्यशाला आयोजना गरिने निटफेस्टमा कला प्रदर्शनी, संगीत, नृत्य प्रदर्शनीलगायत गतिविधि समेटिएका छन् ।  महोत्सवमा विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया हुनेछ । 

महोत्सवका लागि गत जुनमा नाटक तथा कार्यक्रमको आवेदन आह्वान गरिएको थियो । चलचित्र अभिनेता तथा रंगकर्मीका रुपमा सक्रिय अभिनेता दयाहाङ राई निटफेस्ट २०२५ का निर्देशक हुन् ।

 

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १४:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro