site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानलाई भारतको जवाफ– आतंकवादको केन्द्रविन्दु विश्वलाई थाहा छ

काठमाडौं । जाफर एक्सप्रेस अपहरणको घटनामा पाकिस्तानले लगाएको आरोपको भारतले खण्डन गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले पाकिस्तानमा भइरहेका आतंकवादी हमलाहरूमा भारतको हात रहेको बताएपछि भारतले त्यसको जवाफ दिएको हो ।

भारतीय विदेश मन्त्रालयले पाकिस्तानले लगाएको आरोपलाई आधारहीन बताएको छ ।

मंगलबार जाफर एक्सप्रेस रेललाई बलुच लिबरेसन आर्मीले अपहरण गरेको थियो । बिहीबार एक पत्रकार सम्मेलनमा पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता शफकत अली खानले रेल अपहरण प्रकरणमा अफगानिस्तानबाट गरिएका फोन कलहरूको प्रमाण प्रस्तुत गरेका थिए ।

‘के आतंकवादी हमलाको मामिलामा पाकिस्तानको अडान भारतबाट अफगानिस्तानतिर सरेको हो ?’ भनी सोधिएको प्रश्नमा पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले ‘त्यस्तो नभएको’ बताएका थिए । उनले पाकिस्तानमा भइरहेका आतंकवादी हमलाहरूमा भारतको हात रहेको विश्वास पाकिस्तानले गर्ने बताएका थिए ।

त्यसपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले उक्त आरोपको जवाफ दिएका हुन् । “हामी पाकिस्तानले लगाएको आधारहीन आरोपलाई दृढतापूर्वक अस्वीकार गर्छौं,” भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले भने, “विश्वव्यापी आतंकवादको केन्द्रविन्दु कहाँ छ भन्ने कुरा सम्पूर्ण संसारलाई थाहा छ ।”

पाकिस्तानले आफ्नो आन्तरिक समस्या र असफलताका लागि भारततर्फ औँला उठाउनु र दोष दिनुको सट्टा आफूभित्र हेर्न उनले सुझाव दिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १४:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro