site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्राधिकरणको केन्द्रीय कार्यालयमा इजलास संचालन गरिने

काठमाडौं । नेपाल बिमा प्राधिकरणले आगामी वैशाख १ गतेदेखि ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा बिमा दाबी सम्बन्धी उजुरीहरूको सुनुवाइ गर्ने प्रयोजनका लागि इजलास संचालन गर्ने भएको छ । 

प्राधिकरण संचालक समितिको यही फागुन २७ गते बसेको बैठकले वैशाख गतेदेखि लागु हुनेगरी प्राधिकरणमा दायर भएका बिमा दाबी सम्बन्धी उजुरीहरूको सुनुवाइ गर्ने प्रयोजनका निम्ति प्राधिकरणको भवनमा इजलास संचालन गरिने भएको हो । भौतिक व्यवस्था तथा अन्य आवश्यक तयारी भइरहेको छ ।

प्राधिकरण संचालक समितिको बैठकले प्राधिकरणमा दायर भएका बिमा दाबी उजुरीहरूको हकमा साप्ताहिक तथा अन्य पेसी सूची र निर्णयहरू प्राधिकरणको वेबसाइटमा प्रकाशन गर्न समेत व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  १०:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro